Nepal Flood 2017_Audio Update #4 (14-08-2017)

बाढी पहिरोले देश आक्रान्त पारेको चार दिनसम्म पनि सञ्चार सम्पर्क स्थापनामा धेरै कठिनाई भइरहेको छ । आज मुश्किलले चितवनको भरतपुर क्षेत्रमा रहेको रापती नदीमा आएको बाढी र त्यसले पारेको प्रभाव अनि स्थानीय स्तरमा भएको उद्दार राहतका विषयमा केही जानकारी बटुलेकाछौँ । त्यस क्षेत्रमा स्थानीय वासिन्दाले एक अर्कोको सहयोग गरी बाढीबाट जोगिएको हामीलाई जानकारी गराउनु भयो । त्यसैले स्थानीय समुदाय नै प्रकोपको समयमा पहिलो उद्दारक हुन्छ भन्ने कुराको प्रमाण यो पनि हो । केन्द्रीय स्तरबाट राहत आउन मौसमले साथ दिनुपर्छ भनेर इटहरी पुगेर प्रधानमन्त्रीले कृष्ण प्रणामी मन्दिरमा अस्थायी आश्रय लिइरहेका सुनसरीका बाढी प्रभावितलाई सम्बोधन गर्नु अगाडी नै भरतपुर वडा नं. १३ का वासिन्दाले एक अर्कालाई सहयोग गरिरहेको पनि पायौँ । त्यहाँका प्रभावितहरुलाई छिमेकीले आश्रय दिएर राखेका रहेछन् । स्थानीय स्तरलाई विपद् न्यूनिकरण र पूर्वतयारीमा सक्षम बनाउने हो भने केन्द्रको मुख ताक्दै भोको पेटले आकाश हेरेर दिन रात बिताउनु पर्ने अहिलेको समस्याबाट मुक्ति मिल्ने थियो र प्रभावितहरुले तत्काल राहत पाउने थिए । सुन्नुहोला .......