Nepal Flood 2017_Audio update #5 (15-08-2017)

Aug 15, 2017, 11:49 AM

पानी रोकिएको छ बाढी प्रभावित क्षेत्रमा । राहत वितरणको काम शुरु भएको छ केही जिल्लाहरुमा । राहत वितरणका साथ तथ्याङ्क लिने कार्य शुरु भएको छ । मानिसको जिविकोपार्जनमा ठूलो क्षति भएकाले दुरगामी असर नराम्रो पर्ने देखिन्छ । आँखा पाक्ने, झाडापखाला, भाइरल ज्वरो तथा रुघाखोकीजस्ता समस्या देखिन थालेको छ । गाउँमा औषधी छैन । अस्पताल जान बाटो छैन । पशुपञ्छी, जनावरहरु मरेको कारण अबको दुईचार दिनमा महामारी फैलने स्थानीयहरूको आशंका छ । प्रभावित क्षेत्रमा तत्काल खाद्यका साथै सुरक्षित पिउने पानी र स्वास्थ्य सामग्रीहरुको आवश्यकता देखिएको छ । राहतका साथमा यी समस्याहरुलाई पनि सम्बोधन नगरिने हो भने स्स्वास्थ्य महामारी फैलनसक्ने देखिन्छ । अडियो अपडेटको पाँचौँ श्रृङ्खला ……………… #Nepalflood #NRCS