Nepali Poetry in Bhanu Jayanti in New York
अन्तरास्ट्रिय नेपाली साहित्य समाज(अनेसास) न्यु योर्क च्याप्टरले आईतबार न्यु योर्कको ज्याक्सन हाइट्समा रहेको हिमालयन याक रेस्टुरेन्टमा आदि कबि भानु भक्त आचार्यको १९९औ जन्म जयन्ती कार्यक्रमको आयोजना गर्यो|संयुक्त रास्ट्र संघका लागी नेपाली प्रतिनिधि महामहिम श्री ज्ञान चन्द्र आचार्य प्रमुख अतिथि ,साहित्य समालोचक अम्बर बिक्रम नेम्वांग अतिथि र अनेसास .न्यु योर्क च्याप्टर कि अध्यक्ष श्रीमती पुनम काफ्ले कार्यक्रमको सभापतिको रूपमा हुनुहुन्थ्यो! कार्यक्रममा एक दर्जन भन्दा बढी सर्जकहरुले आ आफ्नो रचनाहरु सुनाउनु भएको थियो|रचना सुनाउनेहरुमा गीता पन्थ,कमला प्रसाईं,डा.गोविन्द कोइराला,ज्योति पौडेल,बिनोद रोका,गीता खत्री,सीता खरेल,परिता राज भण्डारी,किरण काफ्ले,अनुरागी अरुण,मनु लोहरुंग राई,विकास बिस्ट,मणी बांग्देल,शान्ता घिमिरे ,पबन आलोक,धनीराम सापकोटा लगायतले आफ्नो साहित्यिक रचना र बिबेचनाहरु सुनाउनु भएको थियो| मणी बांग्देलले कार्यक्रमको संचालन गर्नु भएको थियो| अनेसास ,न्यु योर्क च्याप्टरले आयोजना गर्यो न्यु योर्कमा १९९औ भानु जयन्ती